Chereads / Adhuro Sath / Chapter 1 - Adhuro Sath

Adhuro Sath

IamSasa
  • 1
    Completed
  • --
    NOT RATINGS
  • 925
    Views
Synopsis

Chapter 1 - Adhuro Sath

अधुरो साथ ~

" अहँ, नाई! मलाई उ मनपर्दैन त पर्दैन नि। माया जस्तो कुरा नि काहि जोर जबर्जस्तीले गरिन्छ र?? अब त अत्ती भयो, केही नबोल।" ~ त्यति भनेर म त्यहाँबाट निस्किए।

माया, अनौठो छ नि!? त्यही माया जुन बाबाआमाले जन्मिएदेखि दिनुभयो र त्यही माया जुन केटा र केटीले एकअर्कालाई गर्छन्.. दुवैलाई "माया " भनिएतापनि परिभाषा भिन्नै। त्यसै " संसारी माया बिचित्र ", भनिएको होइन रैछ।

" ओइ, तैले फेरि अर्को केटालाई थरकाइस रे नि!? किन?बिहे गर्ने सोच छैन क्या हो तेरो? उता आमालाई छोरीको बिहे कहिल्यै गरिदिने भनेर चिन्ता, यता यो भने केटा थर्काउदै हिँड्छे। साँची साँची भन् त.. तेरो लभ परेको छ हो?? कि....?? ", भन्दै रमाले पुलुक्क मेरो अनुहारमा हेरि। म मौन थिएँ। उसले हतार हतार," होइन है, तँ का त्यो बितेको पल सम्झि बस्छेस र... हाहा म पनि के के सोच्दैछु... (पुलुक्क हेर्दै) होइन नि है??", भनि। म अझै मौन थिएँ।

" ए समर! नदौडन बाबु। हुन्न के, गाडी आउँछ। पर्ख! "~~

" समरलाई अझै पनि सम्झिन्छेस?? त्यो बितेको पलहरू फेरी किन सम्झिन्छेस??..... हेर..... ", रमाको स्वर बिस्तारै फिक्का हुँदै गइरहेको थियो। फेरि उसकै याद र फेरि त्यही दिनको सम्झना।.....

केही वर्ष अघि,

" साधना, एकैछिन यता आउन। एउटा सानो काम छ। ", समरले भन्यो।

" ओहो! साधना मात्रै, हामी चाहिँ नि?? हँ, समर? ", भन्दै रमाले जिस्क्याउन थाली। तिमीहरू सबैले खूब भन्न जनेका छौ है। तिमीहरू जादै गर म पछि आउँछु भनि मैले मेरा साथीहरूलाई पठाइदिए।

" साधना, कुरा के हो भन्दा नि... खासमा म... म... अँ म... मैले..अम्.. तिमी.. म... मेरोलागि.. ", गर्दै उ अकमक्किन थाल्यो।

" के कुरा हो?? स्पष्ट भनन। ह्या यहाँ आमाले मार्ने बेला भइसक्यो.. घाँस काट्न नि जानुपर्ने छ। छिटो भन।", भनि उसलाई भने। (लामो सास लियी) " साधना,... (घुटुक्क

थुक निली) अहिले जान्छु म, पछि भनुला। मेरो नि काम छ घरमा.. गाको ल।", भनि उ त्यहाँबाट भाग्यो। (मान्द मुस्कान दिँदै) लाटा, आज नि भन्न सकेन। यस्तो पाराले खै के होला र?? (तनकी तनकी समर गाको बाटो निहालदै) कति छिटो हिँडेको होला.. कुलामा लड्छ क्या..।

" रात्रिको चिसो हावा र जूनको उज्यालो ले यो रात रमणीय बनाए जस्तै, तिम्रो एक सानो आँटले मेरो जीवन कहिल्यै रमणीय बनाउँछौ... ~ प्रतिक्षा अझै नि तिम्रै नै।" ~~ साधना

12 को अन्तिम परीक्षाको दिन,

"समर, कस्तो भयो एक्जाम?? सजिलो आकोथियो नि है?", भनि मैले भने। "उम सजिलो थियो आजको पेपर। साँची, साधना.. अम्.. आज घरसँगै जाउ है।!? ", उसले भन्यो।मैले हुन्छ भने र हामी एक्जाम सेन्टरबाट सँगै घरतिर लाग्यौँ।

" अनि समर, अब के गर्ने बिचार छ त तिम्रो?? काठमाडौं गएर पढछौ कि.... ", मेरो वाक्य पूरा हुन नदि उसले आफू लाहुर जाने कुरा मलाई भन्यो। मेरो सोच उ सँगै काठमाडौं गई पढने थियो। उसले लाहुर जाने कुरा मलाई भन्दा, म एकैछिन अकमक्किए । अचानक मैले सोचेको कुरामा बाधा उत्पन्न भयो र म निशब्द भए। अब के गर्ने होला सोच्दै म अगि बढिरहेको थिएँ..त्यत्तिकैमा उ मेरो छेउमा आयो..

"साधना, यदि म लाहुर गए भने... मलाई पर्खिबस्छौ? खासमा... धेरै अगाडिदेखि म तिमीलाई प्रेम गर्छु। अगाडि नि धेरै पटक भन्ने प्रयास गरे तर सकिन। त्यसैले आज आँट गरेर तिमीलाई भनिरहेको छु। के तिमी मेरो जीवनसाथी बन्छौँ? म लाहुरबाट नआउन्जेलसम्म मलाई पर्खिन्छौ??"

म फेरि निशब्द भए। मन गदगद भइरहेको थियो, पाउँले जमिन छोडेर म आकासमा उडिरहेको महसुस गरिरहेको थिएँ। एउटा भिन्नै प्रकारको हर्ष थियो मनमा। ठ्याक्कै कस्तो महसुस भइरहेको छ भन्ने थम्माउन सकिरहेकी थिइन।

"साधना, के ति.... ", उसको शब्द पूरा हुन नदि मैले उसलाई आफ्नो मनको कुरा व्यक्त गरे। उ लाहुरबाट आउँदा, म उसैको प्रतीक्षामा बसिरहेको हुनेछु भनि वाचा गरे।

"Will you be the page turner of my life??" ~~ समर

समर आफ्नो ट्रेनिङमा संलग्न हुनथाल्यो। घाँसदाउरा गर्ने बेला, मेलापाततिर हाम्रो सधैं भेट हुनेगर्थ्यो। दिनहरू त्यसरी नै उसँग को भेट, उसको मीठो कुराहरूमा बित्दै गइरहेको थियो।

" हरेक सेकेन्डले तिम्रो नै न्यानो स्पर्शको प्रतीक्षा गर्छ। " ~~ साधना

12 को परीक्षाफल पनि प्रकाशित भयो। हामी दुवैले उत्कृष्ट अङ्क ल्याई 12 पास गरेका थियौँ। त्यही लगत्तै समरको पनि लाहुर जाने परीक्षा सुरु हुनथाल्यो। ती दिनहरूमा उ निकै व्यस्त हुनथाल्यो। म उसैको प्रतीक्षामा दिन कटाउने गर्थे।

" परिश्रम अनुसारको फल पाउने लडाई.. ~जीवन।" ~ समर

"साधना" ~~ कतैबाट समरले बोलाइरहेको जस्तो महसुस भयो। यताउता हेरे अनि परबाट समर दौडिदै आइरहेको देखे।

"साधना.... म पास भए। म पनि अब लाहुर जाने भए।"

उ गदगद भइरहेको थियो। उ त्यस्तो खुसी भएको देख्दा म पनि निकै खुसी थिएँ।

" साधना, म लाहुर गएपछि टाइम मिलाएर तिमीलाई कल गर्छु है... अनि पछि तिमी सँग बिहे गरेर तिमीलाई पनि लाहुर लग्छु। हामीसँग सबै कुरा हुन्छ, तिमीलाई सुख दिएर राख्नेछु।"( मन्द मुस्कान दिँदै), समरले भन्यो।

उम हामी खुसी भै बस्नेछौ।

"तिम्रो खुशीमा खुशी हुनु कि तिमी टाढिने कुरा सोचि दू:खी हुनु।"~ साधना

समर लाहुर जाने दिन,

(आफ्नो हातमा बेरेको रुमाल दिँदै)" नबिर्से है। पर्खि बस्नेछु। ", साधनाले भनिन्।

(आँखाभरी आँसु लियी) "पर्खि बस है। छिट्टै फर्कनेछु।", समरले भन्यो।

यस्तरी हाम्रो पहिलो बिधाई भयो।....

समर लाहुर गएको 6 महिनापछि,

" साधना नानी, साधना नानी", समरकि आमा मेरो घर अगाडि आएर मलाई बोलाउनु भयो।

"के भयो? के भयो उर्मिला, एतिका राति आएकी छौ।", मेरी आमा हतारिदै बाहिर निस्किन्।

" हजुर काकी, के भयो?", भन्दै म बाहिर निस्किए। मन डराई रहेको थियो। समरलाई केही भयो कि भन्ने सोचले म चिस्सिएकी थिएँ।

" हेरन नानी, समर युद्ध भएको ठाउँमा जादै छ रे। मैले कति पटक त्यो मिलाउन मिल्छ भने मिलान भन्दा नि मिल्दैन भन्छ। म त एकदम आत्तिसकेकी छु। लौन तिमी नि एक पटक कुरा गरन त्यो सँग मान्छ कि...", भनिन्।

उ फ्रि भएको बेला म उसँग बोलन पुगे। यता घरमा आमा आत्तिनु भएको कुरा सबै उसँग गरे। मैले आफै पनि नजान आग्रह गरे। तर त्यहाँ चीफको आदेश अनुसार चाल्नुपर्ने कुरा उसले बतायो, उ जसरी नि त्यहाँ जानुपर्ने कुरा उसले बतायो। उलाई न त उसको आमाको प्रेमले रोकन सक्यो न त मेरो प्रेमले बाँधन नै।

" जीवन मरण सबै दैवको खेल हो। म सुरक्षित आउने कोसिस गर्नेछु, नआत्तिए।" ~~ समर

लगभग एक महिना पछि उसका साथीहरू हाम्रो गाउँमा आए उसको सन्देश र उलाई एक बाकसमा बोकी। त्यो दृश्य देखेर उसको आमा त्यहीँ ढल्नु भयो। मेरो पाउँले एक पटक फेरी जमिन छोड्यो... गाउँका सबजना गुहारिन थाले। मेरो न बोली नै निस्कियो न त आँसु नै खस्यो। म मौन थिएँ। मलाई, म छिट्टै आउँछु, पर्खि बस है भनि गएको मेरो माया आउन त आयो तर चार कोशे बाकसभित्र आनन्दले सुती सुती आयो। मलाई सुख मा राख्नेछु भनेको मान्छेले आज मेरो सबै खुशी उजाड दियो र म... म निशब्द भइ एक कुनामा सुक्खा आँखा लियी टोलाई बसिरहेकी थिएँ।

"तपाईँ? साधना हो?", उसको एउटा साथी म छेउमा आई सोध्यो।

"हजूर", भनि मैले जवाफ दिए। उसले मलाई रगतले भरिएको रुमाल दियो र, "यो, समरले हजूरलाई दिनु भनेका थिएँ। अनि यो पत्र पनि।", भन्यो।

पत्रमा लेखिएको थियो,

साधना, अब चाहिँ मेरो प्रतीक्षा नगरे है। म आउन त आउनेछु तर कुन अवस्थामा आइपुग्छ थाहाछैन। नरूई बसे है। तिमीलाई खुशी त दिन सकिन तर तिमीले दिएको मायाको चिनो तिमीलाई नै दिँदै छु.. सम्हालि राखे है!

माफ गर - यो जुनीमा त खुशी दिन सकिन.. अर्को जुनीमा ऋण सरी नै दिउला॥

तिम्रो माया ~समर

"Not me, but you became the page turner of my life."~ साधना

"ओइ, किन टोलाकी? साधना.."

"हँ, ए केही होइन.."

"Excuse me! सुन्नून यहाँ साधना गुरुङको घर कहाँ होला?"

"साधना गुरुङ?? किन होला?", साधनाले प्रश्‍न गरि।

"ए तपाईँहरू साधनालाई हेर्न आउनुभएको हो?", रमाले प्रश्‍न गरि।

"हजूर हो।"

"ए आउनु जाम।", रमाले उनीहरूलाई बाटो देखाउदै लगी।

"साँची, हाम्री साधना यिनी नै हुन्। ",रमाले भनिन्।

" ए! अनि यिनी चाहिँ मेरो दाइ। उहाँकैलागि हामी यहाँ आयका हौ।"

"नमस्ते! म साधना।", साधनाले भनिन्।

" नमस्ते! म... अहम्.. म समर।"

त्रमश॥